Edit

About Us

Radiant Skin Care and Hair Transplant Center is equipped with the latest equipment for diagnosis and treatment of the hardware. Specialists of the clinic are doctors of higher category, they regularly participate in various seminars, train their skills.

Contact Info

यौन रोग के हो ? youn rog doctor in Nepal

  • Home
  • -
  • Blogs
  • -
  • यौन रोग के हो ? youn rog doctor in Nepal
 यौन रोग के हो ? youn rog doctor in Nepal

यौन रोग भनेको के हो?

यौन रोग (youn rog) अथवा Sexually Transmitted diseases (STDs)  भन्नाले असुरक्षीत यौन सम्पर्क बाट सर्ने रोग भन्ने बुझिन्छ | यौन रोग विभिन्न किटाणु जस्तै ब्याक्टेरिया (bacteria), भाइरस (virus) अथवा प्यारासाईट्स (parasites) ले गराउदछ जो असुरक्षीत यौन सम्पर्कको (unsafe sexual practice) माध्यमबाट एउटा व्यक्ति बाट अर्को व्यक्तिमा सर्ने गर्दछ | यौन सम्पर्कका बिभिन्न माध्यम जस्तै  vaginal sex, मुख मैथुन (oral sex) अथवा गुद द्वार मैथुन (anal sex) द्वारा यौनरोग  सर्ने गर्दछ | तर कहीले काही बिना यौन सम्पर्क पनि यस्ता रोग हरु सर्ने गर्दछ जस्तै गर्भवती महिला बाट बच्चा (mother to fetal transmission) लाइ सर्ने सक्दछ तेस्तै blood transfusion  अथवा needles हरुबाट पनि यौन रोग सर्न सक्दछ | नेपालमा यौन रोग एउटा जटिल समस्या को रुपमा रहेको छ | Sexually transmitted diseases are fairly common in Nepal.

यौन रोगका लक्षण हरु:-

यौनरोग को सधै लक्षण देखिन्छ भन्ने हुदैन कहीले काही बिना लक्षण पनि यौन रोग लागेको हुन् सक्छ जस्तै कि भिरिंगी भएका अधिकांश मानिसहरुमा कुनै लक्षण देखिदैन |  यौन रोग लागेका मानिसहरुमा सामान्यतया निम्न लक्षण हरु देखिन्छ:-

१ ) यौनांगमा घाउ खटिरा आउनू ( genital ulcer)

२) पिसाब गर्दा दुख्नु वा पिसाब बारम्बार लाग्नु ( painful urination,  frequent urination)

३ ) लिंग वा योनी बाट पानि बग्नु ( penile or vaginal discharge)

४ )गनाउने पानि जस्तो पदार्थ योनी बाट निस्कनु ( foul smelling vaginal discharge)

५ )यौन सम्पर्क गर्दा पिडा महसुस हुनु (painful sex)

६ )तल्लो पेट दुख्नु तथा ज्वोरो आउनु ( lower abdominal pain and fever)

७ )महिना बारी अनियमित हुनु (menstrual irregularity)

८ )यौनांगको वरिपरी मुसा आउनु (genital wart)

९) हातमा अथवा शरीरको अन्य भागमा डाबर तथा एलर्जी आउनु ( rashes over palms and soles and body)

यौन रोग किन लाग्छ ?

हुनत बिना यौन सम्पर्क पनि यौन रोग लाग्न सक्छ तर सामान्यतया असुरक्षित  यौन सम्पर्क बाट यौन रोग लाग्ने गर्दछ

निम्न किटाणु हरुले यौन रोग गराउछन्

  • ब्याक्टेरिया – Bacteria –  (Gonorrhea, syphilis, chlamydia)
  • प्यारासाईट्स – Parasites (Trichomoniasis)
  • भाइरस – Viruses (human Papillomavirus, genital wart,  genital herpes, HIV)

कस्ता व्यक्तिलाई ज्यादा यौन रोग लाग्ने सम्भावना हुन्छ ?

१) असुरक्षित  यौन गरेका व्यक्ति हरुलाई

२ )एक भन्दा धेरै यौन साथि भयका मानिसहरुलाई

३) पहिला यौन रोग लागिसकेको मानिश् हरुलाई

४ )जथाभावी इन्जेक्तिओन्स अथवा दृग्स लिने मानिस हरुलाई

५ )राजमार्गमा गाडी चलाउने ड्राइभर तथा सुरक्ष्याकर्मी हरुमा धेरै यौन रोग देखिएको छ

कसरी सुरक्षित् रहने ?

१ )असुरक्षित् यौन सम्पर्क नगर्ने

२ )एक भन्दा ज्यादा व्यक्ति संग यौन सम्पर्क नगर्ने

३ )कन्डम को प्रयोग गर्ने

४ )भ्याक्सिन को प्रयोग :  विभिन्न प्रकारका भ्याक्सिनहरु एदी महिलाहरुले प्रथम यौन सम्पर्क को अगाडिनै प्रयोग गरेमा यौन रोग कम हुन्छ |

यदी आफुलाई कुनै यौन रोग लागेको शंका लागेमा तुरुन्त छाला तथा यौन रोग बिशेसज्ञ संग स्वास्थ्य परामर्श लिनु होला |

डा कमल राज धिताल 

छाला तथा यौन रोग बिशेसज्ञ

रेडियंट स्किन केयर तथा कपाल प्रत्यारोपण केन्द्र 

सामाखुसि, काठमान्डौ 

९८१५९५९४१३, ०१५९०२२४५  

Leave a Reply

Your email address will not be published. Required fields are marked *