Edit

About Us

Radiant Skin Care and Hair Transplant Center is equipped with the latest equipment for diagnosis and treatment of the hardware. Specialists of the clinic are doctors of higher category, they regularly participate in various seminars, train their skills.

Contact Info

भिरिंगी रोग के हो ?, viringi rog in nepali

  • Home
  • -
  • Blogs
  • -
  • भिरिंगी रोग के हो ?, viringi rog in nepali
 भिरिंगी रोग के हो ?, viringi rog in nepali

भिरिंगी रोग के हो ?

भिरिंगी एक प्रकारको ब्याक्टेरियाको कारणले हुने यौन रोग हो| यो रोग गराउने किटाणुलाइ Treponema Pallidum भनिन्छ | यसलाई अंग्रेजीमा Syphilis भनिन्छ |(syphilis means viringi in Nepali language) सामान्यतय भिरिंगी भएको व्यक्ति संग असुरक्षित् यौन सम्पर्क भएमा यो रोग सर्ने गर्दछ तर गर्भवती महिलालाई भिरिंगी भएमा नवजात शिशुलाई पनि भिरिंगी हुने सम्भावना हुन्छ जसलाई Congenital Syphilis भनिछ | सुरुवाती अवस्थामा यो रोगको उपचार सहज र सरल छ एउटा इन्जेक्सन को माध्यमबाट सजिलै गर्न सकिन्छ भने समयमा नै उपचार भएन र दिर्घ भयो भने यसले मुटु, नशा, हाड जोर्नी लाइ असर गर्न सक्दछ | यौन रोगको उपचार गर्ने चिकित्सक लाइ Dermatologist and Venereologist भनिन्छ| नेपालमा सम्पूर्ण यौन रोगको ( Sexually transmitted infections in Nepal) उपचार सहज र सरल रुपमामा हुने गर्दछ|

 

भिरिंगी कसरी सर्दछ? ( Mode of Transmission of Syphilis):-

भिरिंगी भएको व्यक्तिसंग असुरक्षित् सम्पर्क भएमा जस्तै vaginal sex, anal sex ( गुदद्वार मैथुन ), Oral sex (मुख मैथुन ) बाट भिरिंगी सर्ने गर्दछ तेस्तै गर्भवती महिलालाई भिरिंगी भएमा नवजात शिशुलाई पनि भिरिंगी हुने गर्दछ |

 

लक्षणहरु ( Symptoms of syphilis) :

भिरिंगी रोगको लक्षण हरु यसको अवस्था अनुसार फरक फरक हुन्छ जस्तो कि प्रथम अवस्था को भिरिंगी र दोश्रो अथवा तेस्रो चरणको भिरिन्गिको लक्षणहरु फरक हुन्छन |

१ ) प्रथम चरणको भिरिंगीको लक्षण :-

प्रथम चरणको भिरिंगी को घाउ

 

 

यो चरणको भिरिंगी मा एउटा मात्र नदुख्ने घाउ यौनांगमा आउछ | एस्तो घाउलाई अंग्रेजीमा Chancre भनिन्छ |सामान्यतया असुरक्षित् सम्पर्क भएको ३ हप्ता पछी एस्तो घाउ यौनाग मा आउछ | एस्तो घाउहरु ३ देखि ६ हप्ता मा बिना उपचार आफै निको हुने गर्दछ प्रथम चरणमा आउने भिरिंगी को घाउ नदुख्ने हुनाले धेरै मानिसहरुलाई यो घाउ आएको थाहा नहुन पनि सक्छ यसै गरि महिलाहरुलाई योनिको भित्रि भागमा यदी भिरिंगी को पहिलो चरणको घाउ आएमा थाहा नहुन सक्छ|

 

 

 

 

 

२ ) दोस्रो चरणको भिरिंगी को लक्षण :-

दोस्रो चरणको भिरिंगी

 

प्रथम चरण को भिरिंगी निको भएको चार देखि ६ हप्तामा दोस्रो चरण को भिरिंगी सुरु हुन् सक्छ | यो चरणको भिरिन्गिमा जिउ मा रातो रातो खालको नचिलाउने बिबिराहारू देखिन्छ साथै एस्तो बिबिराहरु पैताला र खुट्टाको पछाडीको भागमा बिबिराहरु देखिन सक्छ | साथै ज्वोरो आउने , जिउ दुख्ने, , हाड जोर्नीमा समस्या देखिने , कलेजो तथा मृगौला मा असर गर्ने साथै आँखामा पनि असर गर्न सक्छ | यस्तो प्रकारको दोस्रो चरणको समस्यापनि केहि समयमा आफै निको हुन्छ |

 

 

३ ) तेस्रो चरणको भिरिंगी :-

१५ देखि ३० % मानिसहरु जोसको सुरुवाती अवस्थामा उपचार हुदैन तेस्ता मानीस हरुलाई तेसो चरणको भिरिंगी लाग्छ | यो चरणको भिरिंगी मा विभिन्न ब्रेन, नशा , रक्तनली , हाडजोर्नी तथा मुटु सम्बन्धी समस्याहरु देखिन्छ|

४ ) न्युरोसिफिलिस

भिरिंग ले रोग को कुनै पनि अवस्थामा दिमागको नशा मा असर गर्न सक्दछ |

रोग लागेको कसरि थाहा पाउने (Diagnosis) :-

TPHA र VDRL भन्ने टेस्ट गरेमा यो रोग लागेको छ वा छैन भन्ने थाहा हुन्छ | रोग को उपचार गरे पछी यो रोग पूर्ण रुपमा निको हुन्छ र VDRL  नेगेटिभ हुन्छ भने TPHA भन्ने  टेस्ट एक पटक positive भए पछी सधै पोजिटिभ हुन्छ र यस्ता व्यक्ति हरुले रक्तदान पनि गर्न सक्दैनन् |

चिकित्सक लाइ कहीले देखाउने ?

यदी आफुलाई यो रोग लागेको शंका लागेमा छाला तथा यौन रोग बिशेसज्ञ लाइ देखाउनु होला (contact dermatologist and venereologist for treatment of Syphilis treatment in Nepal)

 

Contact:-

Dr Kamal Raj Dhital

Radiant Skin Care and Hair Transplant Center

Samakhusi, Kathmandu

9815959413,015902245

Leave a Reply

Your email address will not be published. Required fields are marked *