Edit

About Us

Radiant Skin Care and Hair Transplant Center is equipped with the latest equipment for diagnosis and treatment of the hardware. Specialists of the clinic are doctors of higher category, they regularly participate in various seminars, train their skills.

Contact Info

Hair loss treatment in kathmandu, Nepal

  • Home
  • -
  • Blogs
  • -
  • Hair loss treatment in kathmandu, Nepal
 Hair loss treatment in kathmandu, Nepal

कपाल झर्ने समस्या :- कारण तथा उपचार

कपाल झर्ने समस्यालाई सामान्य अंग्रेजी भाषामा Alopecia भनिन्छ | Alopecia अथवा कपाल झर्ने समस्याले तपाइको टाउकोको मात्र कपाल झार्न सक्छ(scalp hair loss) वा आँखीभौं (eyebrow hairloss) को मात्र वा दार्ही (beard hair loss) को मात्र कपाल झर्न सक्छ वा पुरै जिउको कपाल ( Total body hair loss) झर्न सक्छ| कपाल विभिन्न कारणले झर्न सक्दछ जस्तै बन्सानुगत कारण (hereditary cause) , हर्मोनको गडबडी ( hormonal imbalance like thyroid disease) , आइरनको कमी (iron deficiency) , स्ट्रेस (stress) वा चिन्ता तनाब वा कुनै औषधीको सेवन , बुढ्यउली (ageing) जस्ता कारण हरुले कपाल झर्ने गर्दछ | कपाल झर्ने समस्या बिशेसगरी पुरुषमा ज्यादा देखिने गर्दछ |

कपाल झर्ने समस्याको लागि नेपालमा विभिन्न उपचार बिधि हरु उपलब्ध छन् (There are various options available for the hair loss treatment in Nepal) |एस्तो कपाल झर्ने समस्याको उपचार गर्ने चिकित्सकलाई Dermatologist and Trichologist भनिन्छ | नेपाल मा alopecia treatment को लागि तपाई हरु trichologist ( Trichologist in Nepal) को सल्लाह लिन सक्नु हुन्छ | तर यसको लागि सबभन्दा पहिला के कारण ले कपाल झर्न्यो ( cause of hair loss) तेस्को कारण पत्ता लगाउनु जरुरि हुन्छ | कपाल झर्ने समस्या को लागि नेपालमा उपलब्ध उपचारबिधि हरुमा कपालमा लगाउने तेल (Minoxidil) ,स्याम्पु (Shampoo), injections तथा अन्य खाने औषधि हरु, PRP उपचार (prp treatment for hair loss in Nepal) वा कपाल प्रत्यारोपण ( hair transplant in Nepal) जस्ता सेवा हरु उपलब्ध छन् |

लक्षण:- कपाल विभिन्न कारणले झर्ने गर्दछ सोहि कारणहरु अनुसार यसको बिभिन्न लक्षण हरु हुने गर्दछ |

१ ) टाउकोको बिचको र अगाडिको भागको कपाल झर्ने समस्या (Frontal and temporal recession) :-

 

Androgenetic alopecia

यसरी कपाल झर्ने समस्यालाई अंग्रेजी मा Andrognegentic Alopecia भनिन्छ | यो Alopecia हुने धेरै कारण हरु मध्ये सबै भन्दा कमन समस्या हो (Androgenetic alopecia is the most common cause of hair loss) | Androgenetic alopecia महिला हरुमा पनि हुन् सक्छ जसलाई Female pattern hair loss भनिन्छ | यो समस्या मा पुरुषको टाउकोको बिशेसगरी अगाडिको भाग र टुप्पी आउने ठाउको कपाल झर्ने गर्दछ | सुरुवाती अवस्थामा Androgenetic alopecia को उपचार खाने औषधी जस्तै Finasteride, अथवा लगाउने औषधि जस्तै minoxidil , PRP injections हरु द्वारा उपचार गर्न सकिन्छ भने स्थायी समाधान को लागि कपाल प्रत्यारोपण (hair transplant )गर्नु पर्दछ | नेपालमा कपाल प्रत्यारोपणको लागि उत्कृस्ट क्लिनिक हरु छन् |

 

२ ) गोलो गोलो चक्का जस्तो कपाल झर्ने समस्या :-

Alopecia areata

एस्तो समस्यालाई अंग्रेजी मा Alopecia Areata भनिन्छ |एस्तो अवस्थामा कपाल गोलो गोलो चक्का जस्तो गरेर झर्दछ सुरुवाती अवस्थामा यो सानो हुन्छ तर समयमा उपचार नभएमा यो बढ्दै जान्छ र आँखी भौं , दाह्री अथवा शरीरको अन्य भाग बाट पनि कपाल झर्न सक्दछ | Alopecia Areata विभिन्न प्रकारको हुन्छ जस्तै alopecia areata, alopecia areata subtotalis, alopecia areata universalis etc. | Alopecia Areatea विभिन्न कारणले हुने गर्दछ जस्तै थाइरोइड् ग्रन्थी को समस्या (Thyroid dysfunction), Autoimmune condition, भिटामिन डी को कमी (Vitamin D deficiency) ,चिन्ता तनाब (stress) जस्ता कारण हरुले गराउदछ | सुरुवाती अवस्थामा यो रोगको उपचार एकदम सहज र सरल छ तर दिर्घ रुपमा छ भने यसको उपचार अलि जटिल छ | Radiant skin care and hair transplant center यो alopecia areata को नियमित रुपमा उपचार भइराखेको हुन्छ र यो नेपाल मा alopecia areata को उपचारको लागि ख्याती प्राप्त ठाउ हो ( Radiant skin care and hair transplant center is the best center for treatment of hair loss in Nepal)

 

३ ) अकस्मात कपाल झर्ने समस्या :- यसरी कपाल झर्ने समस्यालाई अंग्रेजीमा Telogen Effluvium भनिन्छ | एस्तो अवास्ठामा कपाल टाउकोको सबै भाग बाट झर्ने गर्दछ र एस्तो समस्या केहि समयको लागि मात्र हुन्छ र केहि समय पछी कपाल आफै आउदछ |

४ ) शरीरको सबै भाग बाट कपाल झर्ने अवस्था :- केमोथेरापी तथा अन्य क्यान्सरको कारणले पनि जिउको सबै भाग बाट कपाल झर्न गर्दछ |

५ ) फंगल संक्रमण तथा Trichotilomania

के नेपालमा कपाल झर्ने समस्याको उपचार हुन्छ ?( Hair loss treatment in Nepal)

कपाल झर्ने समस्याको सम्पूर्ण उपचार नेपालमा उपलब्ध छ | नेपाल को काठमाण्डौ मा रहेको Radiant Skin Care and Hair Transplant Center मा कपाल झर्ने समस्याको सम्पूर्ण उपचार हुन्छ |

Dr Kamal Raj Dhital

Radiant Skin Care and Hair Transplant Center

Kathmandu, Nepal

9815959413, 015902245

Leave a Reply

Your email address will not be published. Required fields are marked *