Edit

About Us

Radiant Skin Care and Hair Transplant Center is equipped with the latest equipment for diagnosis and treatment of the hardware. Specialists of the clinic are doctors of higher category, they regularly participate in various seminars, train their skills.

Contact Info

Gonnorhea in Nepali | youn rog doctor in Nepal | Sexually transmitted disease in Nepal

  • Home
  • -
  • Blogs
  • -
  • Gonnorhea in Nepali | youn rog doctor in Nepal | Sexually transmitted disease in Nepal
 Gonnorhea in Nepali | youn rog doctor in Nepal | Sexually transmitted disease in Nepal

 

गोनोरिया (Gonorrhea) एक प्रकारको यौनरोग( Sexually Transmitted Disease) हो | यो यौन रोग नेपालमा (Sexually Transmitted Disease in Nepal) धेरै मात्रामा देखिएको यौनरोग मध्येमा पर्दछ (extremely common Sexually Transmitted Disease in Nepal ) | समयमानै उपचार गरिएमा यो रोग सामान्य औषधीको उपयोग बाटनै निको हुन्छ भने उपचार नगरीएको खण्डमा यसले शरीरमा धेरै प्रकारको जटिलता हरु ल्याउन सक्छ |

गोनोरिया के हो (What is Gonorrhea)?
गोनोरिया Neisseria gonorrheae नामक एउटा ब्याक्टेरियाको (Bacteria) संक्रमणले हुने एक प्रकारको यौन रोग हो |

गोनोरिया कसरि सर्छ ?
गोनोरिया असूरक्षित यौन सम्पर्कको (unsafe sexual contact) कारणले हुने एक प्रकारको यौनरोग हो| यौन सम्पर्कका विभिन्न तरिकाहरु जस्तै Vaginal sex, oral sex, anal sex को माध्यमबाट गोनोरिया नामक यौनरोग सर्ने गर्दछ | यदी गर्भवती महिलालाई गोनोरिया भएको छ भने नवजात शिशु लाइ पनि गोनोरिया हुन् सक्दछ तेस्तो अवस्थामा नवजात शिशुको आँखामा असर हुन् सक्दछ जसलाई ophthalmia neonatorum भनिन्छ |

गोनोरियाको लक्षण हरु के के हुन्छन ?
गोनोरिया रोगको लक्षण असुरक्षित यौन सम्पर्क भएको २ दिन देखि १४ दिन सम्म देखिन सक्छ तर सामान्यतया यस्ता लक्षण हरु ४ देखि ६ दिन भित्रै देखिन्छन | पुरुषहरु र महिलाहरुमा गोनोरिया को लक्षण हरु फरक फरक हुन्छन |

पुरुष मा देखिने गोनोरियाको लक्षण हरु :
१) गनाउने सेतो पीप जस्तो पदार्थ लिंग बाट निस्कने

Gonorrhea discharge in male

२) पिसाब गर्दा दुख्ने तथा जलन हुने
३) अन्डकोष दुख्ने
४) दिशा गर्ने ठाउमा दुख्ने तथा घाउ हुन् सक्ने

महिलामा देखिने गोनोरियाको लक्षणहरु
१) योनिबाट गनाउने पानी बग्ने
२) योनी चिलाउने
३) महिनाबारी अनियमित हुने
४) यौन सम्पर्कमा पिडा हुने

अन्य लक्षण हरु
नवजात शिशुलाई आँखामा असर गर्न सक्ने,
घांटी दुख्न सक्ने हुन सक्छ,
यदी समयमा नै उपचार भएन भने यो रोग शरीरको अन्य अंगमा फैलिन सक्छ|

उपचार (gonorrhea treatment in Nepal)
यदी समयमा उपचार गरेमा यो रोग पूर्णरुपमा निको हुन्छ | लगाउने इन्जेक्शन तथा खाने औषधि चिकित्सकको सल्लाह बमोजिम खाएमा यो रोग पूर्ण रुपमा निको हुन्छ साथै आफुलाई गोनोरिया भएमा आफ्नो यौन साथीको पनि उपचार गराउन जरुरि छ|

कहाँ उपचार गर्ने? ( treatment of Sexually transmitted disease in Nepal)

Radiant skin care and hair transplant center काठमाँडौमा छाला तथा यौनरोगको उपचारको उपचारको लागी ख्याती प्राप्त क्लिनिक हो |यसबारेमा थप जानकारी चाहिएमा सम्पर्क गर्नु होला |

डा. कमल राज धिताल

छाला तथा यौनरोग बिशेसज्ञ

Radiant skin care and hair transplant center

Kathamandu, Nepal

9815959413, 015902245

Leave a Reply

Your email address will not be published. Required fields are marked *